News > जापानद्वारा सिन्धुली सडकलाई थप साढे ५ अर्ब

जापानद्वारा सिन्धुली सडकलाई थप साढे ५ अर्ब

काठमाडौ, असार २७ - जापान सरकारले बनेपा-बर्दिबास सडकअन्तर्गतका विभिन्न परियोजनाका लागि ५ अर्ब ५९ करोड ६० लाख रुपैयाँको अनुदान सहयोग प्रदान गरेको छ । नेपालका लागि जापानी राजदूत कुनियो ताकाहासी र अर्थ सचिव कृष्णहरि बाँस्कोटाले मंगलबार यो सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा हस्ताक्षर गरेका हुन् ।

जापानी दूतावासले जारी गरेको विज्ञप्तिअनुसार यो रकम सिन्धुली सडक आसपासको पहिरो नियन्त्रण परियोजना, खुर्कोट-नेपालथोकको २० किलोमिटर बाँकी सडक निर्माणमा खर्च गरिनेछ । 

Source : ekantipur