News > जापानी यौनकर्मी हत्याको अन्तिम फैसला हुने

जापानी यौनकर्मी हत्याको अन्तिम फैसला हुने

काठमाडौ, श्रावण ११ - युवती हत्या अभियोगमा थुना सजाय बेहोरिसकेका इलामका गोविन्दप्रसाद मैनालीको मुद्दामा पुनरावलोकन गर्न दिइएको निर्णयविरुद्ध परेको रिटमा टोकियो उच्च न्यायालयले आगामी मंगलबार फैसला गर्ने भएको छ ।

अदालती निर्णयमा मुद्दा पुनरावलोकन गर्न पाउने भएपछि र जेलमुक्त भई कानुनी लडाइँ लड्न पाएकाले १५ वर्षसम्म जेल सजाय बेहोरेका मैनाली दुई महिनाअघि नेपाल फिरिसकेका छन् ।

उच्च न्यायालयले गर्ने फैसलामा चित्त नबुझेमा अर्को पक्षले  सर्वोच्च अदालतमा रिट दिन पाउने अधिकार छ । रिट नपरेमा भने मुद्दामाथि पुनरावलोकन प्रक्रिया सुरु हुनेछ । यो प्रक्रिया टुंगिएपछि मात्रै गोविन्दले पाउन सक्ने क्षतिपूर्ति र अन्तिम फैसलाको आधार तय हुने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

Source : ekantipur