News > विदेशी घरेलु कामदार किन आवश्यक हुँदैछ जापानलाई ?

विदेशी घरेलु कामदार किन आवश्यक हुँदैछ जापानलाई ?

-कुमी सातो

    जापानका प्रधानमन्त्री सिन्जो आबेको आर्थिक नीति अर्थात् एबेनोमिक्सका मुख्य दुई नीति मध्ये एक श्रम क्षेत्रलाई चलायमान बनाउनु तथा जापानको कुल ग्राहर्स्थ उत्पादनमा महिलाको योगदान वृद्धि गर्नेगरी महिलालाई श्रम क्षेत्रमा बढि भन्दा बढि सहभागी बनाउनु हो । जापानमा अहिलेपनि महिलाहरुको ठूलो हिस्सा आर्थिक वृद्धिको श्रोत बन्न सकिरहेको छैन ।

     एक अध्ययनले यदि जापानले देशमा महिला रोजगारी पुरुषको अनुपातमा ८० प्रतिशत पूराउने हो भनेपनि थप ८२ लाख जनाले रोजगारी पाउँछन् र देशको कुल ग्राहर्स्थ उत्पादन १४ प्रतिशतले बढ्छ ।प्रधानमन्त्री आबेले महिलालाई जापानको उत्पादनशीलताको केन्द्रीय साँचो भएको बताउने गरेका छन् । आबेले अझै धेरै बाल स्याहार केन्द्र खोल्ने प्रतिबद्धता जनाउँदै निजि कम्पनीहरुलाई महिलाहरुलाई दिइने मातृत्व विदालाई अहिलेको १८ महिनाबाट बढाएर ३ वर्षसम्म पूराउन अनुरोध गरेका छन् ।

     वास्तवमा जापानमा महिलाहरुमा बच्चा पाउने इच्छा कम हुँदै जाँदा जनसंख्या घट्दै जानुले जापानी अर्थतन्त्रको अँध्यारो भविष्यलाई इंगित गर्छ र सोही खतरालाई टार्नका लागि महिलाहरुलाई बच्चा पाउन प्रोत्साहित गरी अर्थतन्त्रमा समेत योगदान पूराउने अवस्थाको सिर्जना गर्नु आबे सरकारको योजना छ । सरकारले यसका लागि बाल स्याहार गृहहरुको कर कटौती गर्ने तथा घरेलु सहायता खर्च समेत घटाउनुपर्ने विषयमा समेत बहस हुने गरेको छ ।

      यो सुखद कुरा हो । किनभने यदि जापानी महिलाहरु बच्चा पाएपछि पुनःआफ्नो काममा फर्किने अवस्थाको सिर्जना भयो भने त्यसले जनसंख्या घटिरहेको अवस्थालाई रोक्ने मात्र होइन जापानको कुल गाहर््रस्थ उत्पादनमा वृद्धिसँगै आर्थिक अनिश्चितताको अवस्थालाई समेत अन्त्य गर्नेछ ।

      यसो भयो भने अरु महिलालाई पनि बच्चा जन्माउने र काममा फर्किने विषयमा आत्म विश्वास बढ्नेछ । जापानी महिलाहरुको जागिर तथा जिवनबीचको सन्तुलनका लागि प्रभावकारी नीतिको खाँचो छ । तर यसको समाधान असजिलो छैन र सजिलै कार्यान्वयन गर्न सकिने खालको पनि छ । वास्तवमा विदेशी घरेलु कामदारको आपूर्ति सबैभन्दा भरपर्दो समाधान हो । हंगकंग र सिंगापुरमा घरेलु सहयोगी, बच्चाबच्ची हेर्ने कामका लागि विदेशी घरेलु कामदार राख्ने कुरा सामान्य बनिसकेको छ । विदेशी घरेलु कामदार राख्नु यो अर्थमा जापानका लागि पनि फाइदाजनक छ की यसले जापानी घरबारे महिलालाई स्वतन्त्रताको अनुभुति गराउने छ र रोजगारीको खोजीमा सहज गराउनेछ । यद्यपि अहिलेसम्म जापानमा जापानी नागरिक वा स्थायी बसोबासको मान्यता पाएका विदेशीलाई घरेलु कामदारको रुपमा विदेशी कामदार राख्ने गरिएको छैन र यो वैधानिक पनि छैन ।

       तर जापानले अब विदेशी घरेलु कामदार भित्राउनु केवल जापानी महिलाको अर्थतन्त्रमा योगदान बढाउनका लागि मात्र होइन जापानको बुढो बन्दै गरेको जनसंख्याको स्याहारका लागि समेत आवश्यक भैसकेको छ । जापानमा पाको उमेरकोे जनसंख्याको अनुपात धेरै भएको कारण भविष्यमा बुढाबुढी बेसहारा बन्ने पक्का छ । यस्तो अवस्थामा विदेशी घरेलु कामदार भित्राउनु अनिवार्य बन्ने अवस्था आउँछ ।


(कुमी सातो जापानको सवैभन्दा ठूलो जनसम्र्पक तथा रणनीतिक संचार र्फम कोस्मोका अध्यक्ष हुन् । जापान टाइम्समा छापिएको उनको यो लेख टोक्यो नेपाल न्यूज डेस्कले भावानुवाद् गरेको हो ।)


Source : Tokyonepal.com